सर्लाहीको गरीब जनता माविमा झडप, दुई जना घाईते


मलंगवा, १० भदौं । सर्लाही जिल्लाको हरिपुर्वाको केश्वर गरीब जनता माविको अभिभावक भेलामा झडप हुँदा दुई जना घाइते भएका छन् । विद्यालयका प्रधानाध्यापकले सोमवार बोलाएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडपमा हरिपुर्वा नगरपालिका वडा नम्बर १ बस्ने बीक्रम यादवका २० वर्षिय छोरा खगेन्द्र यादव र जमुना रायका २० वर्षिय छोरा मनोज यादव घाइते भएका छन् ।उनीहरु समान्य घाइते भएका र उपचारपछि घर फर्किसकेको प्रहरीले जनाए ।

भेलामा चर्काचर्की हुन थालेको खबर पाए लगतै प्रहरी घटनास्थलमा पुगेकाले स्थिति बिग्रन पाएन् । विद्यार्थीहरु समेत रहेको बखत झडप भएको थियो । दुई पक्षबीच झडप भएपनि घाइते दुवै एउटै पक्षका रहेका छन् ।घाइते मनोजले अर्को पक्ष सोझै जाइलागेको आरोप लगाए ।

प्रकाशित : २०७६ भाद्र १०, मंगलवार ०२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ