रानू मण्डललाई सलमान खानले दिए ५५ लाखको घर उपहार


एजेन्सी, ११ भदौं । रेलवे स्टेशनमा जीवन गुजारा गरिरहेकी रानू मण्डल यतिबेला सेलेब्रिटी बनेकी छन् । गरिबीको पीडा र पेट पाल्नकै लागि उनी रेलवे स्टेसनमा गाउथिन् । तर, यतिबेला उनी बलिउड फिल्ममा गाउने सेलेब्रिटी बनेकी छन् ।

उनले रेलवे स्टेसनमा गाएको लता मंगेश्करको एक गीत ‘प्यारका नगमा हैं’ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त गीत भाइरल भएसँगै गायिका मंगेश्कर जस्तै आवाज भएकी भन्दै मण्डलको तुलनात्म्क चर्चा पनि बढ्यो । यही देखेर गायक हिमेश रेशमियाले मण्डलाई स्टुडियोसम्म बोलाएर फिल्मको पाश्र्व गायनको मौका दिए ।

मण्डलको पहिलो पाश्र्व गायन रहने फिल्मको नाम हो ‘ह्याप्पी हार्डी और हीर’। यो समाचारले यतिबेला बलिउडसँगै मनोरञ्जनको क्षेत्र गर्माएको छ। सडकको बास र सडककै गाँसमा दैनिकी विताइरहेकै मण्डलाई पुनः अर्को खुसी मिलेको छ ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार अभिनेता सलमान खानले मण्डलाई मुम्बईस्थित ५५ लाख भारतीय मूल्य बराबरको एक घर उपहार दिएका छन् । यससँगै अब बन्ने फिल्म ‘दबंग–३’मा गायनको मौका दिनेसमेत सलमानले उद्घोष गरेका छन् ।

प्रकाशित : २०७६ भाद्र ११, बुधबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ