काठमाडौं, १४ भदौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ । विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश गर्ने सूचनामार्फत जानकारी गारएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई बैकिङ दायरा र बैक खाताको पुहँचमा ल्याएर व्यवस्थीत गर्ने लागिएको विभागमा महानिर्देशक भीष्मकुमार भुषालले बताएका छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा बैक खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिने विभागले सूचना भनिएको छ ।
सरकारले वैदेशिक रोजगारीमा व्यक्तिगत र संस्थागत जाने कामदारको विवरण राख्न यस्तो व्यवस्था ल्याएको विभागले जनाएको छ ।