सप्तरीको एउटै वडाबाट ६ सय २० गाँजाको बोट नष्ट


राजविराज,२४ भदौं । सप्तरीको एउटै वडाबाट दुई दिनमा ६ सय २० वटा गाँजाको बोट नष्ट गरिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ पत्थरगाडाको बिभिन्न टोलमबाट दुई दिनमा ६ सय २० वटा गाँजाको बोट काटेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पहिलो दिन आईतबार ३ सय ६० र सोमबार २ सय ६० वटा गाँजाको बोट नष्ट गरिएको प्रहरीको भनाई छ ।

पत्थरगाडाको मेहता, मण्डल र पण्डित टोलका करिब ५३ परिवारले आफ्नो बारीमा लगाएको गाँजा काटेर नष्ट गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७६ भाद्र २४, मंगलवार ०६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ