रोकिएन चाँदी तस्करी, वीरगन्जमा १४ लाखको चाँदीसहित साह पक्राउ


वीरगञ्ज, १ कार्तिक । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणको अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १४ लाख मूल्य बराबरको १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका–६ का ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

गोप्य सुराकीको आधारमा गोलागञ्जमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले साहलाई शुक्रबार बिहान ८ बजे १९ किलो एक सय ग्राम चाँदीसहित पक्राउ गरेको हो । भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् ।

https://www.youtube.com/watch?v=JRFp2T0dR6c

बरामद चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ