सरकार र उखु किसानबीच पाँचबुँदे सहमतिपछि आन्दोलन स्थगित


काठमाडौँ । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच शुक्रबार उद्योग मन्त्रालयमा पाँचबुँदे सहमति भएको छ।

उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य माघ ७ गतेभित्र दिलाउनेसहित पाँचबुँदे सहमति भएको हो। सहमतिमा उखु किसानको आन्दोलन आजैदेखि रोक्ने सहमति पनि भएको छ।

उद्योग मन्त्रालय र किसानहरुबीच भएको सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ।

यस्तो छ उद्योग मन्त्रालय र उखु किसानबीच भएको पाँच बुँदे सहमति

. सरकारले तोकेको मूल्यमा माघ ७ गतेभित्र किसानलाई उखुको सबै भुक्तानी मिलहरुले दिइसक्ने।

. हरेक वर्ष उखुको मूल्य तत्काल भुक्तानी गर्ने स्वचालित प्रणाली बनाउन कार्यदल गठन गर्ने।

. उखु किसानको अनुदान समयमै दिलाउन कृषि र अर्थ मन्त्रालयमा पत्राचार गर्ने।

. उखु किसानको भुक्तानी र समस्या सम्बोधन गर्न आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा बनाउने।

. उखु किसानले आजैदेखि आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने।

प्रकाशित : २०७६ पुष १८, शुक्रबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ