गच्छदारको बचाउमा तरुण दलद्धारा विरोध प्रदर्शन


जनकपुरधाम, २६ माघ । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले आइतबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका दोषीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले आइतबार देशभर विरोध प्रदर्शन गरेको हो ।

तरुण दलको प्रदर्शनमा कांग्रेसका अन्य भातृसंगठनका नेता तथा कार्यकर्ता पनि सहभागी भएका थिए । काठमाडौंमा कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारले विभेद गरेको भन्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकार र अख्तियारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि बानेश्वरमा आयोजित कोणसभामा तरुण दलका नेताहरुले राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै मुद्दा चलाउने तर, प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा आफ्नो नाममा बनाउने नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने कार्य कदापि सैह्य नहुने बताएका थिए । उनीहरुले अख्तियारको दुराशयपूर्ण निर्णयका विरुद्ध सडक आन्दोलन गर्नु परेको जिकिर गरे ।

प्रकाशित : २०७६ माघ २६, आईतवार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ