सलमान खान किसान बनेर चलाए ट्याक्टर, भिडियो भाइरल बन्यो


मुम्बई : बलिउड अभिनेता सलमान खान लकडाउनको शुरुवातदेखि नै पनवेलस्थित आफ्नो फार्महाउसमा छन् । त्यहाँ रहँदा उनले अरुलाई सहयोग पनि गरे । उनी आफ्नो काममा पनि उत्तिकै सक्रिय भएका छन् ।

सलमानले केही समयअघि धान रोप्दै गरेको तस्वीर शेयर गरेका थिए । यतिबेला उनी ट्याक्टर चलाउँदै गरेको भिडियो शेयर गरेका छन् ।

https://www.instagram.com/p/CC1XXiElTKp/?utm_source=ig_web_copy_link

सलमानले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा उनले ट्याक्टर जोतिरहेको देख्न सकिन्छ । उनले तस्वीर शेयर गर्दै लेखेका छन् – फार्मिङ ।

लकडाउनका बेला किसान बन्दा उनी रमाएका पनि छन् । केही समयअघि पनि उनले एक तस्वीर शेयर गर्दै किसानलाई सम्मान गर्न अनुरोध गरेका थिए ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ