भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, ८० देखि ९० जना हताहत !


भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ हताहत भएको आशंका गरिएको छ ।

रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ । भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ ।

केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको जनाएका छन् । त्यहाँ अझै २५–३० जना फसेको आशंका गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिएपछि केही मानिसहरू बाहिर निस्किएका थिए ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ