कोरोनाकै कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन


जनकपुरधाम : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा सोमबार साँझ मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

आर्मी अस्पतालका अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि नाजुक बनेको थियो । उनी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो ।

फोक्सोमा संक्रमण भएको मुखर्जीको अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ