बलिउड नायिका अरोरामा कोरोना पुष्टि, कस्तो छ अवस्था ?


एजेन्सी : बलिउड नायिका मलाइका अरोरालाई कोरोना संक्रमण भएको छ । यसअघि अभिनेता अर्जुक कपुरलाई कोरोना संक्रमण देखिएको थियो ।

उनलाई कोरोना देखिएपछि मलाइकाले पनि परीक्षण गराएकी थिइन् । उनको रिपोर्ट पोजिटिभ आएको हो । मलाइकाकी बहिनी अमृताले कोरोना संक्रमणको पुष्टि गरेकी छन् ।

मलाईकाको ‘शो इण्डियाज बेस्ट डान्स’को सेटमा काम गर्ने ७ जनामा कोरोना पोजिटिभ देखिएको थियो । मलाइका लामो समयदेखि उक्त शो को छायांकन गर्दै आएकी छन् । सोसल मिडियामा समर्थकहरूले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

बेला बेला सोसल मिडियामा उनी चर्चामा आउने गरेकी छिन्। कहिले अर्जुनसँगको सम्बन्धका कारण त कहिले ड्रेसका कारण उनी चर्चामा आइरहन्छिन् ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार २१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ