अभिनेत्री पायलले अनुरागमाथि लगाइन् यौन उत्पीडनको आरोप


बलिउड अभिनेत्री पायल घोषले चलचित्रकर्मी अनुराग कश्यपमाथि गम्भिर आरोप लगाएकी छन् । उनले अनुरागमाथि यौन उत्पीडनको आरोप लगाएकी हुन् ।

‘अनुराग कश्यपले म सँग जबरजस्ती गर्ने प्रयास गरेका थिए’, अभिनेत्री पायलले ट्वीटरमा लेखेकी छन्, ‘नरेन्द्र मोदी जी तपाईँसँग अनुरोध छ कि यीनलाई कानूनी कारबाही होस् र देशलाई थाहा होस् वास्तविकता के हो । मलाई थाहा छ यो भनिरहनु मेरा लागि हानिकारक छ र ममाथि सुरक्षा खतरा बढेको छ। कृपया सहयोग गरिदिनुहोस् ।’

पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गरेर अनुराग कश्यपलाई गिरफ्तार गर्न माग गरेकी छन् । पायलको ट्वीटलाई रिट्वीट गर्दै भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पनि घटनाको पूरा विवरणबारे जानकारी मागेकी छन् । पायलले जानकारी गराउने बताएकी हुन् ।

यता, अनुराग कश्यपले पनि आफूमाथि लागेको आरोपबारे मध्यरातमा चार वटा ट्विट गरेको देखिन्छ । उनले आफुमाथि लगाएको आरोपहरु बदनियतपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘आफुलाई चुप लगाउने प्रयासमा यति झुठ बोलियो कि महिला भएर पनि महिलाको खेदो खनियो । अलिकति मर्यादा राखौं मेडम ।’

अनुरागले अर्को ट्वीटमा भनेका छन्, ‘मेडम दुई वटा विवाह गरेके छु अपराध हो भने मञ्जुर छ । धेरै प्रेम गरेको छु, त्यो पनि कबुल गर्छु ।’

अनुरागले पायलको आरोपको जवाफमा भनेका छन् :

‘चाहे मेरो पहिलो श्रीमती हुन् या दोस्रो या कुनै प्रेमिका या अरु कुने अभिनेत्री जोसँग मैले काम गरेको छु या ती सबै युवतीहरु जो मसँग टीममा रहेर काम गर्छिन्, या ती सबै जोसँग मैले उठबस गरे एक्लै या जनताकाबीचमा । म आरोप लगाइ जस्तो व्यवहार न कहिल्यै गर्छु न यस्ता क्रियाकलाप सहन्छु । बाँकी जे हुन्छ हेर्दै जाउँला । तपाईँको भिडियोमा ने देखिन्छ कि कति सत्य हो कति गलत, तपाईँलाई प्यार । तपाईँको अंग्रेजीको जवाफ हिन्दीमा दिएकोमा माफी ।’

प्रकाशित : २०७७ आश्विन ४, आईतवार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ