भारतको महाराष्ट्रमा भवन भत्कियो, १० जनाको मृत्यु


भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यू भएको छ । भत्किएको भवनबाट स्थानीयले २० जनाको जीवितै उद्धार गरेका छन् ।

यस्तै ठाणे नगर निमगले भवनमा रहेका अरु पाँच जनालाई पनि निकालिएको बताइएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।

अहिले उद्धारको काम जारी रहेको छ । भवन भत्किदा १० जनाको ज्यान गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ