कोरोनाका कारण ६ महिनादेखि बन्द रहेको ताज महल खुल्यो


टुडेखाज : कोरोना भाइरसको महामारीका विगत ६ महिनादेखि बन्द रहेको भारतको प्रतिष्ठित ताज महल खुलेको छ ।

ताज महल गएको मार्चदेखि नै बन्द थियो । कोरोनाका कारण इतिहासमै सबैभन्दा लामो समय ताज महल बन्द रह्यो । ताज महल खुलेपनि दैनिक ५ हजार मासिनलाई मात्र प्रवेश गन दिइने बताइएको छ ।

आवश्यक स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाएर ताज महल खुला गर्ने अनुमित सरकारले दिएको छ । महामारी पूर्व दैनिक ७० हजार भन्दा बढी पयर्टकले ताज महलको भ्रमण गर्ने गरेका थिए ।

मुगल सम्राट शाह जहाँले महारानी मुमताज महलका लागि १७ औँ शताब्दीमा बनाएको ताज महल सन् १९७८ मा आग्रा शहरमा आएका बाढीका कारण केही समय बन्द भएको थियो ।

यस्तै सन् १९७१ मा भारत र पाकिस्तानबिच युद्ध भएका बेला पनि केही दिन ताज महल बन्द भएको थियो ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ