कोरोनाबाट विश्वभर १० लाख मानिसको ज्यान गयो, अमेरिकामा अवस्था अझै भयावह !


टुडेखोज, काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विश्वभर १० लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । सोमवार बिहानसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारमा कोरोना पुष्टि भएको छ । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित संयुक्त राज्य अमेरिकामा पाइएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ९ हजारभन्दा अधिकले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन १२, सोमबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ