भारतीय उपराष्ट्रपति नायडुमा कोरोना पुष्टि, अवस्था सामान्य !


भारतीय उपराष्ट्रपति वैंकया नायडुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय उपराष्ट्रपतिको सचिवालयले ट्वीटरमार्फत कोरोना संक्रमण भएको जानकारी गराएको छ ।

सचिवालयले भनेको छ, ‘भारतका उपराष्ट्रपतिको आज बिहान नियमित कोरोना परीक्षण गरिएको थियो, नतिजा पोजेटिभ आएको छ । तर, उहाँमा कुनै लक्षण देखिएको छैन । अहिले उहाँ स्वस्थ हुनुहुन्छ ।’

उपराष्ट्रपति नायडु होम क्वारेन्टाइनमा बसेका छन् । उनकी श्रीमती उषा नायडुको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा छिन् ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ