भारतमा अक्टोबर १५ देखि स्कूल, सिनेमा हल र कलेज पनि खुल्ने


भारतमा अक्टोबर १५ तारिखदेखि स्कूल, सिनेमा हल र कलेज पनि खुल्ने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउन अन्त्य गर्दै भारतले अक्टोबर १५ तारिखदेखि स्कूल, सिनेमा हल र कलेज पनि खोल्ने निर्णय गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउँछ ।

१० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइलाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको बताएको छ ।

यस्तै मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल पनि खोल्ने अनुमति भारत सरकारले दिएको छ । सिनेमा, थिएटर र मल्टीप्लेक्समा आधा सीट खाली हुनुपर्ने मापदण्ड जारी गरेको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ