काँग्रेस नेता राहुल गान्धी रिहा, प्रहरीले यसरी किन भुँइमा लडाए ?


भारतको उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि हत्या गरिएकी युवतीको परिवारलाई भेट्न हिडेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरी केहिघण्टा हिरासतमा लिएर रिहा गरेको छ ।

सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भएपछि प्रहरीले राहुल र प्रियंका गान्धीलाई रिहा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । अहिले उनीहरु दिल्ली फर्केका छन् ।

बिहीबार दिउँसो नेता राहुल र प्रियंका पीडित परिवारसँग भेट गर्न हाथरसका लागि हिँडेका थिए । तर उनीहरुमाथि नोयडाको ‘एक्सप्रेस वे’मा प्रहरीले बल प्रयोग गरे र अगाडी बढ्न दिएन । प्रहरीले उनलाई रोकेपछि केहिबेर झडप समेत भयो ।

झडपमा काँग्रेसका कैयौ कार्यकर्ता घाईते भएका छन् । प्रहरील लाठी बर्साएका थिए । सो क्रममा नेता राहुललाई समेत चोट लागेको बताइएको छ । सामुहिक बलात्कारपछि हत्या भएकी युवतीलाई नेता राहुललाई भेट्न नदिएपछि अहिले सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित : २०७७ आश्विन १५, बिहीबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ