टुडेखोज, जनकपुरधाम : करिब १६ वर्षदेखि भुमिगत रहेको जयकृष्ण गोइतको नयाँ तस्विर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल मार्फत उनले नयाँ तस्विर सार्वजनिक गरेका हुन् ।
स्वतन्त्र तराई अर्थात तराईलाई अलग देश बनाउने भन्दै गोइतले २०६१ साउन १० मा भुमिगत भएका थिए । हाल उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष हुन् ।
उनले सार्वजनिक गरेको तस्विरमा सन्तको जस्तै सेता दाह्री, टाउँकामा टोपी र चश्मा लगाएका छन् । एउटा अर्को तस्विरमा भने फरक पोशाकमा देखिएका छन् ।
सप्तरी घर भएका गोइत पञ्चायती शासन व्यववस्था विरुद्धको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका थिए । त्यसपछि किसान आन्दोलन, सर्वहारामुक्ति आन्दोलन र माओवादी जनयुद्ध समेत लडे । माओवादी समेत तराई/मधेससँग विभेद गरिरहेको भन्दै उनी अलगै मोर्चा बनाएर भुमिगत भए ।
हालसम्म भुमिगत रहेका उनी भारतमा बस्दै आएको स्रोतले जनाएको छ ।