पोर्न भिडियो बनाएकी अभिनेत्री गहना पक्राउ, हिरासतमा राख्न आदेश


मुम्बई : अश्लिल भिडियो बनाएको आरोप भारतीय अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन् । ३२ वर्षे अभिनेत्रीलाई पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको आरोप छ ।

मुम्बइ प्रहरीले उनलाई १० फेब्रुअरीसम्म हिरासतमा राख्न आदेश दिएको छ । मुम्बइ प्रहरीका अनुसार गहनाले ८७ वटा पोर्न भिडियो बनाएको आरोप लगाएको छ । उनले अपलोड गरेको भिडियोलाई हेर्न २ हजार भारु तिरेर सब्सक्राइब गर्नुपर्ने बनाइएको थियो ।

उनका सहयोगीले वक्तव्य जारी गर्दै गहनालाई फसाइएको आरोप लगाएका छन् । साथै वक्तव्यमा गहना कुनै पोर्न र्‍याकेटमा संलग्न नभएको समेत दाबी गरिएको छ । प्रहरीका अनुसार गहनाले अन्य अभिनेत्रीलाई लोभ देखाएर पोर्न भिडियो छायांकन गरेको आरोप छ ।

प्रकाशित : २०७७ माघ २७, मंगलवार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ