पाटीमा छापामारी : अभिनेत्री हिना पाञ्चालसहित २२ जना पक्राउ


मुम्बई : महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारी २२ व्यक्तिलाई पक्राउ गरेको छ । यी २२ व्यक्तिमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर छन् । उनीहरुलाई अहिले हिरासतमा राखिएको छ ।

प्रहरीको टोलीले पार्टीबाट लागु-औषध र केही रुपैंयाँ बरामद गरेको छ । उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ । पक्राउ परेकी अभिनेत्री हिनाले हिन्दी र मराठी फिल्ममा अभिनय गरेकी छन् । उनी आइटम गीत ‘बलम बम्बई’ र ‘बेवडा बेवडा जालो मी टाइट’का लागि लोकप्रिय छिन् । यसबाहेक उनले सन् २०१९ मा ‘बिग बोस मराठी’मा पनि सहभागिता जनाएकी थिइन् ।

सन् २०२० फेब्रुअरीमा उनी डेटिङ रियालिटी टेलिभिजन सिरिज ‘मुझसे शादी करोगे’को प्रतिष्पर्धी पनि थिइन् । बलिउड र लागु-औषधको पुरानो नाता छ । पछिल्लो केही वर्ष यता लागु-औषध मामलामा सेलिब्रेटीहरु जोडिएपछि प्रहरीले सबै स्टारहरुमाथि निगरानी गरिरहेका छन् । केही दिन अघि प्रहरीको एक टोलीले अभिनेत्री नायरा नेहल शाहलाई पक्राउ गरेको थियो ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि लागु-औषधको मामला चर्चाको विषय बनेको छ । एनसीबीले यसको अनुसन्धान गरेको थियो । सुशान्तको निधनमा लागु-औषध मामला जोडिएपछि एनसीबी र प्रहरीले लगातार अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ असार १४, सोमबार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ