यूएईले हवाइ क्षेत्र बन्द गर्‍यो, बहराइनमा बज्यो साइरन


एजेन्सी । कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेलगत्तै अर्को खाडी मुलुक बहराइनमा पनि साइरन बजाइएको छ ।

बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय छ । त्यहाँको गृह मन्त्रालयले नागरिकहरुलाई नजिकको सुरक्षित स्थानमा बस्न आह्वान गरेको छ ।

उता यूएईले आफ्नो हवाइ क्षेत्र बन्द गरेको छ। जसका कारण कयौँ विमानहरुलाई फर्किन बाध्य पारिएको छ ।

कुवेत र इराकले पनि हवाइ क्षेत्र बन्द गरेको जनाएका छन् ।

प्रकाशित : २०८२ असार १०, मंगलवार ०७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ