उदित नारायणका छोरा आदित्यको पहिलो तलव कति ?


आदित्य नारायण झा आफूलाई एक संघर्षरत संगीतकार भन्न रुचाउँछन् । आदित्य नारायणले भने ‘मआफूलाई एक सफल टिभी व्यक्तित्व भन्नु भन्दा राम्रो संघर्षरत संगीतकार भन्न रुचाउँछु । उनी आजकल इन्डियन आइडल १२ को होस्ट गर्दैछन् । उनी यहाँसम्म आइपुग्नको लागि त्यति सजिलो थिएन ।

गायक उदित नारायण झाका छोरा आदित्य भारातीय टिभी इन्डस्ट्रीका सबैभन्दा लोकप्रिय होस्ट हुन् । उनले अहिलेसम्म धेरै ठूला रियलिटी कार्यक्रमहरू आयोजना गरिसकेका छन् । उनले टिभीमा पहिलो गायन रियलिटी शो सारेगामापा होस्ट गरेका थिए ।

एक अन्तर्वार्तामा आदित्यले आफ्नो पहिलो कमाइको बारेमा भनेका छन्- जब मैले १८ वर्षको उमेरमा सारेगामापा कार्यक्रम चलाएर टिभीमा डेब्यू गरेको थिएँ, तब मैले ७ हजार ५०० ( नेपाली रुपैयौँ ११हजार ९९९)पाएको थिएँ । त्यस समयमा उक्त पैसा मेरो लागि ठूलो थियो । त्यसैले अहिले जब तिनीहरू आउँछन् र मलाई करोडौं रूपैयाँ प्रस्ताव गर्छन्, म उनीहरूलाई हुन्न भन्न साह्रै दुःख लाग्छ ।

आदित्यले लन्डनबाट संगीतको अध्ययन गरे । भारत फर्केपछि उनले फिल्म शपितमा मुख्य अभिनेताको रूपमा काम गरे। योसंगै उनले सारागामापाको होस्टिंग सुरू गरे । उनले आफ्नो भर्खरको अन्तर्वार्तामा अब होस्टिंग नगर्ने बताएका छन् ।

उनले भने, ‘एक उद्घोषणको रुपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन । अब केही ठूलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ