१९८४ को विमान अपहरणमामाथि आधारित अक्षयको ‘बेलबटम’को ट्रेलर रिलिज


मुम्बई : बलिउड खेलाडी अक्षय कुमार नयाँ फिल्म ‘बेलबटम’ ट्रेलरसहित पुनः फर्किएका छन् । १९ अगस्टमा रिलिज हुने फिल्ममा अक्षय एक जासूसको चरित्रमा देखिनेछन् ।

उनीसहित फिल्ममा वाणी कपुर, हुमा कुरेशी, लारा दत्ता पनि फिचर्ड हुनेछन् । सामाजिक संजालमार्फत अक्षयले ट्रेलर सेयर गरेका छन् । सन् १९८४ मा भएको विमान अपहरण घटनामा फिल्म आधारित छ । लगातार पाँचपटक विमान अपहरणको घटनापछि छानविन गर्न भारतले एक जासूसलाई जिम्मा लगाएको थियो ।

जसको कोड नाम बेलबटम थियो र उक्त अपहरणमा २१० जनालाई बन्दी बनाइएको थियो । फिल्ममा वाणीले अक्षयकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् । हुमा कुरेशी छानविनमा सघाउने एक सहयोगीको भूमिकामा छिन् । रञ्जित तिवारी निर्देशित फिल्म अगस्ट १९ मा रिलिज तयारीमा छ ।

 

प्रकाशित : २०७८ श्रावण २०, बुधबार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ