अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने


मुम्बई : भारतको महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि हल खोल्ने निर्णय गरेसँगै ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने भएको छ । महाराष्ट्र सरकारले तिहारको दुई हप्ता अघि हल खोल्ने निर्णय गरेको हो ।

शनिबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई निर्देशक रोहित सेठ्ठीसँगै निर्माता जयन्तीलाल गाडाले भेटेका थिए । यो भेटको केही समयपछि नै सरकारले हल खोल्ने निर्णय गरेको थियो । महाराष्ट्रले सिनेमा हल बन्द गरिरहँदा नयाँ फिल्म रिलिजका लागि अन्कनाउँदै आएका थिए ।

महाराष्ट्रलाई हिन्दी फिल्मको सबैभन्दा ठूलो बजार मानिन्छ । यसले कुल कमाइको ३० प्रतिशत हिस्सा ओगट्दै आएको छ । अघिल्लो साल नै रिलिज गर्ने घोषणा गरे पनि महामारीको चपेटामा परेको फिल्मले ओटिटीमा रिलिज हुन अस्वीकार गर्दै आएको थियो ।

अक्षय कुमार र कट्रिनाको मुख्य भूमिका रहेको यो फिल्ममा अजय देवगन र रनवीर सिंहको केमियो रहेको छ । महामारीपछि हलमा रिलिज हुन लागेको यो दोस्रो ठूलो फिल्म हो ।

यसअघि दोस्रो महामारीपछि हल खुले लगत्तै अक्षयकुमारकै ‘बेल बटम’ रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा अपेक्षाभन्दा कम व्यापार गरेको थियो ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ