काठमाडौं आइसकेका गायक गजमेरलाई विमानस्थलबाट गृहले किन फर्कायो अमेरिका ?


काठमाडौं : गायक किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा रोक लगाएको छ । केही समयअघि सम्पन्न ‘द भ्वाइस अफ नेपाल–३’ का विजेता गजमेरलाई त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्काइएको छ ।

गायन रियालिटी सोका लागि नेपाल आएका उनी केही साताअघि मात्रै अमेरिका गएका थिए । झापाको शरणार्थी शिविरमा जन्मिएका किरण अमेरिकी नागरिक हुन् । अमेरिकी नागरिकले नेपालमा एक प्रवेशाज्ञामा १ सय ८० दिनभन्दा धेरै बस्न नपाउने नियम छ ।

‘द भ्वाइस अफ नेपाल’मा सहभागी हुन आएकै बेला उनी तोकिएभन्दा धेरै दिन नेपाल बसेका थिए । जसका लागि उनले जरिबाना समेत तिरेका थिए । केही साता अमेरिका बसेर पुनः नेपाल आएका गजमेरलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । उनी सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।

‘द भ्वाइस अफ नेपाल’को टाइटल जितेर अमेरिका जाने बेला उनले ‘ओभर स्टे’बापतको जरिवाना तिरेका थिए । अहिले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभइसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरणलाई अमेरिका नै फर्काइएको हो ।

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएका छन् । तर, यो वर्ष किरणले नेपाल प्रवेश गर्न पाउने सम्भावना कम देखिएको छ । फरकधार

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ