कमेडी च्याम्पियन भरतमणिले पाए २४ लाखको कार


काठमाडौं : टिभी रियालिटी शो कमेडी च्याम्पिनयनको उपाधि जितेका भरतमणि पौडेलले पुरस्कारस्वरुप घोषित नयाँ कार आज प्राप्त गरेका छन् ।

कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गरे । कमेडी च्याम्पियनले करिब २४ लाख मूल्यको कार उनलाई दिएको छ । भरतमणिसँग कारको लाइसेन्स नभएकाले एकजना सहयोगी लिएर आएका थिए ।

यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सन्तोष थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । उपबिजेता बनेका बिक्की अग्रवाल भने आज स्वास्थ्यका कारण आफूले जितेको मोटरसाइकल लिन आउन पाएनन् ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ