‘रामायण’मा रावण बनेका त्रिवेदीको निधन


एजेन्सी : हिन्दी धार्मिक सिरियल ‘रामायण’मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविंद त्रिवेदीको ८२ वर्षको उमेरम निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गएराती मुम्बइमा हृदयघातबाट निधन भएको हो । मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्ष भन्दा लामो समय सेवा गरे ।

हिन्दी फिल्म तथा अन्य सिरियलहरुमा पनि जोडदार अभिनय गरेका त्रिवेदीको रावणको भूमिका भने अतुलनीय रहेको छ । उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिंदैछ ।

प्रकाशित : २०७८ आश्विन २०, बुधबार ०९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ