शाहरुख खान र अनन्या पाण्डेको घरमा छापा मारेपछि…


मुम्बई : मुम्बईको लागुऔ’षध नियन्त्रण विभागले शाहरुख खानको घरमा छापा मारेको छ । आज मात्र छोरालाई जेलमा भेट्न पुगेका शाहरुखको घरमा विभागले आज नै छापा पनि मारेको समाचार छ ।

बुधबार अदालतमा शाहरुखका छोरा आर्यन खानलाई जमानतमा छोड्न अस्वीकार गरेसँगै बिहीबार शाहरुख छोरालाई भेट्न आर्थर रोडमा रहेको जेल पुगेका थिए ।
विभागले बिहीबार नै अभिनेत्री अनन्या पाण्डेको घरमा पनि छापा मारेको छ । ड्र’ग्स रहेको आशंकामा उनको घरमा पनि छापा मारेको समाचारहरूमा उल्लेख छ ।

सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ड्र’ग्स काण्ड सतहमा आएको थियो । विभागले यो क्रममा धेरै कलाकारलाई सोधपुछ गर्ने र नियन्त्रणमा लिने गरिरहेको भारतीय संचारमाध्यमले जनाएको छ ।

शाहरुख खानका छोरा आर्यन खानलाई पनि मुम्बईमा भएको एक पार्टीमा ड्र’ग्स सेवन गरेको अभियोगमा विभागले नियन्त्रणमा लिएको हो । आर्यन १५ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ