पहिरनले साथ नदिएपछि…


एजेन्सी । बलिउडमा पछिल्लो समयकी हट र चल्तीकी नायिका हुन् जान्भी कपुर । विशेष ड्रेसिङ स्टाइलका लागि परिचित जान्भीले अभिनय गरेका सबै जसो फिल्म सफल छन् ।

अभिनेत्री जान्हवी स्टाइललाई धेरैले फलो समेत गरेका छन् । उनी ‘स्टार भर्सेस फूड’मा पुगेकी थिइन् । जहाँ जान्हवीले पिंक कलरको जम्पसूट लगाएकी थिइन्, जुन स्किन टाइट थियो ।जसमा धेरैको नजर समेत परेको थियो ।

‘स्टार भर्सेस फूड’ शोमा पुगेकी जाह्नवी कपूरले खाना बनाउनु पर्ने थियो । अभिनेत्रीको अफ शोल्डर जम्पसूट उनको लागि समस्या बन्यो । उनको पहिरनको घाँटी बारम्बार खसेपछि उनलाई सम्हाल्न गाह्रो परेको थियो ।

उनी चाँडै सिद्धार्थ सेन गुप्ताको निर्देशनमा बन्ने फिल्म ‘गुड लक जेरी’ मा देखिनेछिन् । जसलाई आनन्द एल राईले निर्माण गरेका हुन् । यसबाहेक उनी करण जोहरको फिल्म ‘दोस्ताना २’ मा पनि देखिने भएकी छन् ।

प्रकाशित : २०७८ चैत्र १, मंगलवार ०६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ