पन्जाबमा आम आदमी पार्टीको उदय, भगवन्त मानले लिए मुख्यमन्त्रीको सपथ


नयाँ दिल्ली । आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन् । मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन् ।

उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो । विशाल सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र सो राज्यका मानिसहरुको उपस्थित थियो ।

सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यबाद दिएका थिए । समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेता र महिला पहेँलो सलमा सजिएका थिए ।

११७ सिट रहेको पन्जाब विधानसभामा आम आदमीले ९२ सिट ल्याएको थियो । सन् २०१७ को विधानसभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको थियो ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ