गणेश मूर्तिको बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु


भारतका विभिन्न पाँच स्थानमा गणेशको मूर्ति विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ । हरियाणा र उत्तर प्रदेशका विभिन्न घटनामा उनीहरुको मृत्यु भएको हो ।

हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ । जसमा ४ जनाको मृत्यु भएको छ भने चारै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेशको विभिन्न स्थानमा भएको घटनामा ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । सोनीपतस्थित यमुना नदीमा ३ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता छन् ।

यस्तै, सन्त कबीर नगरमा ४ बालबालिकाको डुबेर मृत्यु भएको छ। चारै जना एकै परिवारका दाजुबहिनी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, ललितपुर र उन्नावमा पनि गणेश बिसर्जनका क्रममा डुबेर २–२ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित : २०७९ भाद्र २५, शनिबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ