करिश्मालाई कसरी भयो सास फेर्न मुस्किल ?


काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अवसरको खोजी गर्दै नेकपा एमाले प्रवेश गरेको लामो समय भएको छैन ।

एमाले प्रवेश गरेपछि आक्रामक रुपमा प्रस्तुत भएकी करिश्मालाई छोटो समयमै सास फेर्न मुस्किल भएको छ । आगामी मंसिरमा हुने निर्वाचनको टिकट वितरणमा असन्तुष्ट रहेकी करिश्माले सामाजिक सञ्जालमा घुमाउरो शैलीमा दुःख पोखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदैछ, बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ उनको यो स्टाटसलाई धेरैले एमालेको टिकट वितरण प्रतिको असन्तुष्टिका रुपमा लिएका छन् ।

उनले हातमा वाइन ग्लास लिएको एक पुरानो तस्बिर सहित पोस्ट गरेको यो पोस्टभन्दा केही समय अघि आफूलाई करिश्मा भनेर चिनारी दिएको भन्दै नेकपा एमालेलाई धन्यवाद दिएकी छिन् ।

उनले लेखेकी छिन् ‘म जनता को मात्रै मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद !’ लामो समय नेपाली फिल्म उद्योगमा विताएकी करिश्माको राजनीतिक वृत्तमा भन्दा राम्रो चिनारी फिल्म क्षेत्रमा छ ।

अभिनेत्रीका रुपमा लामो समयदेखि उद्योगमा राज गरेकी करिश्मा राजनीतिमा लागेपछि कहिले नपरेको विवादमा परिन। उनले यो स्टाटस मार्फत पनि ब्यंग्य गर्न खोजेको धेरेले विश्लेषण गरेका छन् ।

करिश्मालाई ललितपुर क्षेत्र नम्बर १ बाट एमालेले समानुपातिकबाट उठाउने अपेक्षा थियो। तर यहि क्षेत्रबाट एमालेले नवराज सिलवाललाई उठाएपछि विभिन्न रुपमा असन्तुष्टि पोखिरहेकी छन् ।

यो निर्वाचनमा करिश्माले टिकटको अपेक्षा गरेको अनुमान लगाउन सकिन्छ। उनको टाइमलाइनमा आएर आशिका तामाङ नामक एक प्रयोगकर्ताले स्वतन्त्रबाट उठ्न आग्रह गरेकी छिन् ।

यो भनाइलाई करिश्माले आफ्नो टाइमलाईनमा एसेप्ट गर्दै लाइक गरेकी छिन् । मनोनय दर्ताको दिन साडीमा सजिएर पुगेकी करिश्मा टिकट नपाएपछि निराश बनेकी हुन् ।

प्रकाशित : २०७९ आश्विन २५, मंगलवार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ