नेता र पत्रकारलाई राखेको जेलमा जब आगो लाग्यो…


काठमाडौं । इरानको एक जेलमा आगलागी भएको छ । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इभिन जेलमा आगलागी भएको हो ।

आगलागीबाट क्षतिको विवरण आइसकेको छैन । सामाजिक सन्जालमा सेयर गरिएका भिडियोहरुमा तेहरानमा आगोका ज्वाला र धुवाँको मुस्लो उडेको देखिन्छ । त्यहाँ बन्दुकको गोली चलेको जस्तो आवाज र विष्फोट भएको सुनिन्छ ।

सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा रहेको बताए पनि आगलागी जारी रहेको देखिएको बीबीसीले जनाएको छ ।इरानमा केही सरकार विरोधी उग्र प्रदर्शन जारी छ ।

गत महिना २२ वर्षीया कुर्दिश इरानी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि आक्रोश झन् चर्किएको थियो । सरकारी अधिकारीहरुले उनको हृदयाघातबाट मृत्यु भएको बताए पनि परिवारका सदस्यहरुले प्रहरीको यातनाबाट मृत्यु भएको दाबी गरेका छन् ।

बीबीसीका अनुसार जेलमा आगलागीको घटना सोही प्रदर्शनसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन । सरकार विरोधी समूहले सार्वजनिक गरेको एक भिडियोमा जेलभित्रबाट तानाशाहको मृत्यु भन्दै नारा लगाएको सुनिन्छ ।

अर्को एक भिडियोमा भने जेलको बाहिरबाट गोली चलाएको देखिन्छ । त्यसपछि विष्फोटको आवाज सुनिन्छ ।

प्रकाशित : २०७९ आश्विन ३०, आईतवार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ