चौधरीको ‘घरपाला मोद’ सार्वजनिक


काठमाडौं । चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ । सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो ।

दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ । यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ ।

https://www.youtube.com/watch?v=SQq6Jly8zgY

ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले अरेञ्ज गरेका छन् । गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ ।

हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारू मोडल मुस्कान चौधरी, निर्देशकसमेत रहेका सुरेश चौधरी र गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् ।

यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने अरुण आर्यन चौधरीले निर्माण गरेका छन् । गायक चौधरीले लामो समयपश्चात थारू गीत बजारमा ल्याएका हुन् ।

उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरू चर्चित छन् ।

https://www.youtube.com/watch?v=_b6SZDD0iJI&t=24s

प्रकाशित : २०७९ पुष २, शनिबार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ