इजिप्टमा दुई इजरायली पर्यटकको गोली हानी हत्या


एजेन्सी । इजिप्टमा दुई जना इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार इजिप्टको पर्यटकीय क्षेत्रमा दुई जना इजरायली र एक जना इजिप्सियनको हत्या भएको हो ।

इजिप्टको एलेक्जेन्ड्रिया शहरमा एक जना प्रहरीले आइतबार पर्यटकहरूमाथि गोली चलाएको र त्यसमा थप एक जना घाइते भएको इजिप्टका आन्तरिक मामिला मन्त्रीले जनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ ।

इजरायल र हमासबीच युद्ध चर्किरहेका बेला इस्लामी मुलुक इजिप्टमा इजरायली नागरिक मारिएका हुन् । इजिप्ट र इजरायल नजिकका छिमेकी मुलुक हुन् ।

प्रकाशित : २०८० आश्विन २१, आईतवार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ