काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् ।
शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ७ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नै उनले सानो संख्या छ भनेर चिन्ता गर्नुनपर्ने बताए ।
उनले भने, ‘सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’
उनले तरिका मिले पूरै अवधि प्रधानमन्त्री हुने बताए । उनले भने, ‘मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ ।’
उनले केही दिनपछि सरकार जाँदै छ भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए ।
उनले आफू प्रधानमन्त्री भएदेखि नै यसप्रकारको हल्ला चलेको बताए । भने, ‘जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु ।’