पाकिस्तानमा भीषण गर्मी, ६ दिनमा ५६८ जनाको मृत्यु


पाकिस्तानमा बढ्दो गर्मी जनताका लागि घातक साबित भइरहेको छ । गर्मीका कारण पछिल्लो ६ दिनमै ५ सयभन्दा बढी मानिसकको मृत्यू भएको हो ।

बढ्दो गर्मीकै कारण मानिसहरुको मृत्यू हुनेको संख्या बढ्न थालेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएको छ ।

इधी एम्बुलेन्स सेवाका अनुसार कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ । पछिल्ला ६ दिनमा ५ सय ६८ शव संकलन भएको छ ।

मंगलबार एकैदिन १४१ जनाको शव ल्याइएको थियो । यी सबै मृत्युको एकिन कारण अहिले नै भन्न गाह्रो भएको बीबीसीले जनाएको छ ।

कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ ।

प्रकाशित : २०८१ असार १३, बिहीबार १०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ