सत्ताधारी मधेश केन्द्रीत दलहरुको बैठक बस्दै


जनकपुरधाम । मधेस केन्द्रीत दलहरु मोर्चाबन्दीको गृहकार्यमा लागेको बेला सत्ताधारी मधेस केन्द्रीत दलहरुको बैठक बसिरहेको छ ।

बैठकमा महन्थ ठाकुर नेतृत्वको लोसपा, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, अशोक राई नेतृत्वको जसपा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

संविधान संशोधनलगायतका समसामयिक विषयमा छलफल गर्न सत्ताधारी चारै पार्टी आवश्यक रणनीति बनाउन सिंहदरबारमा बैठक बसेको बुझिएको छ ।

प्रकाशित : २०८१ माघ ६, आईतवार १२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ