यूएईमा सात महिनामै १९२ नेपाली कामदारको मृत्यु


काठमाडौं । बितेको सात महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा १९२ जना नेपाली कामदारको मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म) मा १९२ नेपाली मजदुरको मृत्यू भएको हो । यूएईस्थित नेपाली दूतावासकै तथ्यांकले यतिधेरै नेपाली मजदुरको मृत्यू भएको देखाएको छ ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ साउनमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३ र माघमा २५ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो सात महिनामा प्रत्येक महिना औसतमा २७ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : 24 February 2025 5:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !