बलिउड पार्टीमा किन जाँदिनन् सनी देओलकी श्रीमती ? यस्तो छ रहस्य


लिउडका चर्चित अभिनेता हुन् सनी दे‌ओल । सनीले आफ्नी श्रीमतीलाई फिल्म पार्टीमा रूचि नभएको बताएका छन् ।

उनले फिल्म निर्माता–निर्देशक करण जोहरको टेलिभिजन शो ‘कफी विथ करण’मा उक्त कुरा बताएका हुन् । बलिउड पार्टी रातभरि हुन्छ । जहाँ दिनभरिको थकाई भुल्न बलिउड कलाकारहरू मद्यपान र ध्रुमपान पनि गर्छन् ।

तर पूजालाई यो सबै क्रियाकलाप मनपर्दैन । उनी मादक पदार्थ पनि सेवन गर्दिनन् । त्यसैले बलिउड फिल्मकर्मीसँग पूजा टाढिएकी छन् ।

पूजालाई मात्र नभई आफूलाई पनि पार्टी मन नपर्ने बताउँछन् सनी । ‘म पनि रक्सी खादिनँ । बिहान छिट्टै उठ्ने व्यक्ति हुँ । बलिउड पार्टी रातभर हुन्छ । पूजा र म लगभग एउटै छौं । हामी ठूला पार्टीमा जादैनौं । साथीभाइसँग भेटघाट गर्न मन लाग्छ तर उनीहरूलाई सुटिङको समयमा भेट्छु,’ उनले भने ।

प्राय चिनजानको मान्छेहरू भेटघाट हुने भनेको पार्टी, कार्यक्रममा हुन् । त्यसैले पूजा बलिउडसँग टाढा रहेको देखिन्छिन् । सन्नी पनि फिल्मका ठूला पार्टी, कार्यक्रममा जादैनन् ।

सनीको पारिवारीक पृष्टभूमि पनि फिल्मक्षेत्र नै हो । उनका भाइ बबी देओल र बाबु धर्मेन्द्र पनि फिल्म क्षेत्रमा आवद्ध छन् ।

प्रकाशित : 24 February 2025 5:30 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !