मटिहानी नगरपालिकामा आइतबार सार्वजनिक बिदा, यस्तो छ कारण


जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि मटिहानी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको हो ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागत गर्न सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्रीहरु आइतबार मटिहानी पुग्दैछन् । यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो ।

मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो । मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले महोत्तरी जिल्लामा बिताउनेछन् ।

प्रकाशित : 1 March 2025 5:48 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !