प्रियंका चोपडाले १६ करोड भारूमा बेचिन् चार अपार्टमेन्ट


बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले अंधेरीस्थित आफ्नो ४ अपार्टमेन्ट बेचेकी छन् ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले १६ करोड १७ लाख भारूमा ४ अपार्टमेन्ट बेचेकी हुन् ।

उनले बेचेको सबै अपार्टमेन्ट सचदेवा परिवारले किनेका छन् । जसको नाम रजिनी त्रिलोक सचदेवा, श्रुति गौरव सचदेवा, स्नेहा डांग सचदेवा, रौनक त्रिलोक सचदेवा हो ।

प्रियंका विवाहपछि श्रीमान र छोरीसँगै अमेरिका बस्दै आएकी छन् । उनी परिवारलाई भेट्न कहिलेकाहीँ मात्र भारत आउँछिन् ।

अब उनी एस एस राजामौलीको फिल्ममा देखिने चर्चा छ । फिल्ममा महेश बाबूको पनि मुख्य भूमिका रहनेछ ।

उनी पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो ।

प्रकाशित : 7 March 2025 5:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !