फिल्म ‘राजागंज’ले पायो प्रदर्शन अनुमति, ओलीको विवादित भाषण हटाइने


काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको छ ।

यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग गरिएकै आधारमा प्रदर्शन अनुमति दिएको थिएन ।

बोर्डले राखेका सबै सर्तहरू मान्न तयार भएपछि प्रदर्शन अनुमति दिएको निर्देशक दीपक रौनियारले बताए । उनले कान्तिपुरसँग भने, ‘हामीले सबै सर्तहरू मान्न तयार भपपछि बोर्डले अनुमति दियो ।’

फिल्ममा अब प्रधानमन्त्रीले गरेको भाषणको उक्त अंश हटाइने तथा हिन्दी भाषामा म्युट गरिने उनले जानकारी दिए ।

फिल्मलाई सेन्सर बोर्डले अनुमति नदिँदा फिल्मकर्मीहरूले आपत्ति जनाएका थिए । सामाजिक सञ्जालमा सेन्सर बोर्डको निर्णयविरुद्ध उनीहरूले असन्तुष्टि पोखेका थिए । फिल्म शुक्रबारदेखि प्रदर्शन हुनेछ ।

प्रकाशित : 12 March 2025 4:59 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ