होलीको हुलदंगा नियन्त्रण गर्न गएका असई मारिए, दुईजना पक्राउ


होलीको दिन बिहारको मुंगेर जिल्लामा भएको विवादमा असई सन्तोष कुमार सिंह मारिएका छन् ।

बिहार प्रहरी संघका अध्यक्ष मृत्युञ्जय कुमार सिंहका अनुसार सन्तोष कुमारको उपचारका क्रममा राति करिब ३ बजे मृत्यु भएको हो ।

उनले भने, ‘घटना निकै दुःखद छ । घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । साथै यसमा अरु को(को संलग्न छन् भनेर प्रहरीले पत्ता लगाउँदै छ ।’

मुंगेरका एसपी सैयद इमरान मसुदका अनुसार नन्दलालपुर गाउँमा रक्सी पिएपछि रणवीर कुमारको परिवारले हंगामा मच्चाएको खबर आएको थियो ।त्यसपछि असई सन्तोषकुमार सिंह टोलीसहित घटनास्थल पुगेका थिए ।

एसपी मसुदले भने, ‘घटनास्थलमा पुगेपछि रणवीर कुमार र उनको सम्पूर्ण परिवार एकजुट भएर उनलाई आक्रमण गरे । उनको टाउकोमा गम्भीर चोट लाग्यो । त्यसपछि उनलाई उपचारको लागि सदर अस्पताल लगिएको थियो, जहाँबाट उनलाई पटना रिफर गरिएको थियो ।

गत मंगलबार मात्र बिहारमै अभियुक्त पक्रिन जाँदा असई राजीवकुमार मल्ल स्थानीयको आक्रमणमा मारिएका थिए ।

प्रकाशित : २०८१ चैत्र २, शनिबार १४:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ