कतारको जेलमा रहेका १८ नेपालीको कैद मिनाहा


काठमाडौं । कतार सरकारले १८ नेपालीको कैद मिनाहा गरेको छ । रमजान र ईदको अवसरमा त्यहाँको सरकारले १८ नेपालीको कैद मिनाहा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसका लागि नेपाल सरकारले दूतावासमार्फत पहल गरेको थियो ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘पवित्र रमजान महिना र ईदको पर्वको अवसरमा १८ नेपाली कैदीहरूलाई दिइएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ । नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा यस प्रकारको क्षमादानलाई मन्त्रालयले उच्च मूल्याङ्कन गर्दछ ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ