सलमान खानको ‘सिकन्दर’लाई लगानी उठाउनै मुस्किल !


बलिउड अभिनेता सलमान खानको ३० मार्चमा रिलिज भएको फिल्म ‘सिकन्दरबाट उनका फ्यानलाई निकै आश थियो ।

रिलिज भएपछि फिल्मले उक्त आशालाई पुरा गर्न सकेको छैन । फिल्मको एक साताको कलेक्सन हेर्दा लगानी उठाउनै मुस्किल देखिएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मले विश्वभरबाट १७८ करोड भारू कमाएको छ । भारतमा मात्रै फिल्मले १०७ करोड २५ लाख भारू कमाएको छ । जबकी फिल्मको बजेट २०० करोड भारू हो ।

एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ ।

फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, शरमन जोशी, प्रतिक बब्बर, किशोर, जतिन सरना, सञ्जय कपूरलगायत कलाकारको अभिनय छ ।

प्रकाशित : २०८१ चैत्र २४, आईतवार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ