अक्षय कुमारको ‘केसरी २’ले पाँच दिनमा कमायो ३९ करोड भारु


बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘केसरी २’ले बक्स अफिसमा सुखद कमाइ गरिएको छ ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले पाँच दिनमा ३९ करोड भारू कमाएको छ । फिल्मले विश्वभरबाट ६४ करोड ४० लाख भारू कमाएको छ ।

यो फिल्मले ९ करोड ५० लाख भारूमा ओपनिङ गरेको थियो । फिल्ममा पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिल भएको हत्याकाण्ड देखाइएको छ ।

यो फिल्मको बजेट १५० करोड भारू बताइएको छ ।

करण सिंह त्यागी निर्देशित फिल्ममा अक्षयसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ । फिल्ममा अक्षय कुमारले सर सि. शंकरन नायरको भूमिका निर्वाह गरेका छन् ।

‘केसरी’को सफलतापछि निर्माण टिमले यसको दोस्रो च्याप्टर बनाएका हुन् ।

प्रकाशित : २०८२ बैशाख १०, बुधबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ