कतारमा महोत्तरीकी यासमिन नाजको कम्पनीले पायो प्रतिष्ठित अवार्ड


कतार । कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले ‘कतार सीएसआर अवार्ड-२०२५’ अवार्ड पाएको हो ।

राजधानी दोहामा आयोजित सीएसआर समिटका अवसरमा सीएसआर प्रमुख सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयलगायतले यो पुरस्कार वितरण गर्छ ।

सीएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने कम्पनी तथा संस्थाहरूलाई प्रदान गरिन्छ । योसँगै यासमिनको कम्पनी सीएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको संस्था बनेको छ ।

यासमिनको कम्पनीले कतारमा रहेका नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायतका देशका विभिन्न क्षेत्रमा कार्यरत कामदारलाई सशुल्क तथा नि:शुल्क रूपमा सिपमूलक र वृत्ति विकासका लागि तामिल प्रदान गर्ने काम गर्दै आएको छ ।

यो अवार्ड आफ्नो कम्पनीको मात्र नभई नेपालकै लागि गर्वको विषय भएको यासमिन बताउँछिन् । ‘हामीलाई विदेशमा हेर्ने दृष्टिकोण फरक छ तर यसले हामी पनि अब्बल, सक्षम अनि सबै कुराको हकदार हौं भन्ने कुराको सन्देश दिएको छ, यो नेपालकै लागि गर्वको विषय लाग्छ ।’

प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार ०७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ