जयकुमार सहनी- २ हजार बढी सर्पको रक्षा गरे, सर्पकै टोकाइबाट प्राण त्यागे !


भारत । विहारमा पर्ने समस्तीपुरका एक सर्प संरक्षण अभियन्ताको सर्पकै टोकाइबाट मृत्यू भएको छ।

मृत्यू हुनेमा जयकुमार सहनी छन् । आजतकका अनुसार सहनीले करिब २ हजार बढी सर्पलाई बचाए । मानिसहरूलाई खतराबाट जोगाए र वन्यजन्तुहरूको लागि आवाज बने । तर आज उनकै सर्पकै टोकाइबाट मृत्यू भयो ।

समाचामा जनाए अनुसार सहनी सर्पकै उद्धार गर्न गएका थिए । उद्धार गर्ने क्रममै उनलाई सर्पले टोक्यो र अस्पताल पुग्नु अघि नै उनी संसारबाट बिदा भए ।

सहनी केवल उद्धारकर्ता मात्र थिएनन् । उनी एउटा अभियान थिए- मानिसहरूलाई सर्पसँग डराउनुको सट्टा सचेत हुन सिकाउने र सर्पको जीवन रक्षा गर्ने । तर सर्प नै उनको मृत्यूको कारण बनेपछि अहिले घटना चर्चामा छ ।

प्रकाशित : २०८२ बैशाख २१, आईतवार ११:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ